Logo

‘एयरपोर्टमा ठूलो जहाज बस्दैनथ्यो, अहिले बस्छ’ : प्रधानमन्त्री ओली



काठमाडौं, २९ असोज । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले काम नै नगरेको भनेर लगाईएकोमा आरोपमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । सरकारले विकास निर्माण र समृद्धिको आधारमा तय गरिसकेको उनको दाबी छ ।

बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बचाउ गर्दै केही पनि भएन भन्नेहरुलाई आँखा खोलेर हेर्न आग्रह गरेका छन् । दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले हल्लाको पछाडि नलाग्न आग्रह गरे ।

उनले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा रातारात काम गरेको उदाहरण पेश गर्दै भने,‘सी आउनुभन्दा पहिले ठूलो जहाज बस्दैनथ्यो, अहिले बस्छ । हरेक नेपालीको बैंक खाता खोल्ने, नेपालको पानीमा जनताको लगानी जस्ता अभियान सुरु गरिएको, बाटोघाटो, पुलहरु बनेका छन् ।’ तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्