Logo

ठगी मुद्दाका फरार प्रतिवादी जेल चलान



काठमाडौं, २९ असोज । ठगी मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ६ बस्ने दोलखा घर भएका पेम्बा दोर्जे शेर्पा रहेका छन् । शेर्पालाई २७ असोजमा प्रहरीले पक्राउ गरेको हो ।

सर्वोच्च अदालतको फैसलाले १ वर्ष कैद र नगद ११ लाख रुपैयाँ जरिवाना भई फरार रहेका शेर्पालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो ।

शेर्पालाई काठमाडौं जिल्ला अदालत मार्फत २८ असोजमा कारागार कार्यालय डिल्लीबजारमा पठाइएको उक्त व्यूरोले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्