Logo

जबरजस्ती करणी गर्ने नियन्त्रणमा



पर्वत, २९ असोज । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोदी गाउँपालिका ५ घर भएका प्रकाश विक रहेका छन् । विकलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २५ असोजमा प्रहरीले पक्राउ गरेको हो ।

विकले बालिकालाई जबरजस्ती करणी गरेकोे खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

विकलाई पर्वत जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्