Logo

एघार जुवाडे प्रहरी नियन्त्रणमा



मोरङ, २९ असोज । घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । सुन्दरहरैचा नगरपालिका ७ गोठगाँउ बस्ने गौतम राज पोख्रेलको घरमा जुवातास खेलिरहेको अवस्थामा पोख्रेल लगायत ११ जनालाई २८ असोजमा पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट नगद ९७ हजार ९ सय रुपैयाँ बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्