Logo

नेकपाको चियापानमा देउवाले भने : सबै मिलेर देश बनाऔं



काठमाडौं, २९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राजनीतिक स्थायित्व कायम भएको बताउँदै अब सबै दल मिलेर समृद्धिको बाटोमा मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

बुधबार काठमाडौंको भृकुटीमण्डपमा नेकपाले बडादशैं, दिपावली, नेपाल सम्वत् र छठको उपलक्ष्यमा आायोजित चियापान र शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले चियापानले सबै पार्टीलाई एक ठाउँमा ल्याउने काम गर्ने भन्दै आगामी दिनमा पनि निरन्रता दिनुपर्ने बताए । उनले भने,‘सबै मिलेर देश बनाउनुपर्छ ।’

तस्विर : ईश्वर कार्की/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्