Logo

फेरि सभापतिमा उठ्छु, नेता/कार्यकर्ताको यही माग छ : देउवा



काठमाडौं, २९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू पार्टीको आगामी महाधिवेशनमा सभापतिको लागि उम्मेद्धवारी दिने तयारीमा जुटेको बताएका छन् । नेकपाको चियापानको अवसरमा आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफू आगामी महाधिवेशनमा सभापतिमा उठ्ने जनाए । उनले भने,‘पार्टीको आगामी महाधिवेशनमा म सभापतिमा उम्मेद्धवारी दिन्छु । कार्यकर्ताको पनि यही माग छ । म ब्याक हुँदैन् ।’ त्यस्तै उनले कृष्णबहादुर महराको राजीनामापछि रिक्त रहेको सभामुख पदमा आफ्नो पार्टीको दाबी रहेको बताए । त्यस्तै, उनले वर्तमान सरकारले भ्रष्टाचार अन्त्य र सुशासन कायम गरे आफ्नो पार्टीले पनि सहकार्य गर्ने बताए । उनले भने,‘हामी मिलेर नै अघि बढ्छौं ।’



प्रतिक्रिया दिनुहोस्