Logo

अबको अध्यक्ष कुमार पन्त, म पनि जित्छु- आरके शर्मा, एनआरएन, सचिवका प्रत्याशी



काठमाडौं, २९ असोज । गैर आवासीय नेपाली संघ एनआरएनमा सचिव पदका प्रत्याशी हुन् आरके शर्मा । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

रातभरि भोट मागेर बस्नुभएको होइन ?
भोट माग्नुभन्दा पनि एनआरएनएको अभियानमा लागिरहेका छौं ।
यसपटक एनआरएनएमा कसले बाजी मार्ल ?
अहिले नै कसले बाजी मार्छ भन्दा पनि यसमा विजेता र सहविजेता हुन्छ । एनआरएनए भनेको एउटा अभियान हो । यसमा जसले माबी मारेपनि सहज रुपमा लिन सक्नुपर्छ, सबै अग्रजहरुको स्वीकार छ ।
तपाईं कुन प्यानलबाट सचिवको उम्मेवारी दिइरहनुभएको छ ?
हाम्रो पवित्र संस्थामा प्यानल भन्ने हुँदैन । एउटा टिमवर्कमा सहकार्य गर्ने कुरा अलग हो । त्यसमा अहिलेसम्म हेर्दा म मध्येपूर्व मलेसिया र सबै रिजनबाट उम्मेदवारको रुपमा अगाडि बढेको हुनाले कम्तिमा हाम्रा श्रमिकहरुका समस्या र अपमानहरुलाई चिर्नको लागि त्यो रिजनको साझा उम्मेदवार हुँ । यसमा प्यानलभन्दा पनि मलाई सबै अग्रजहरुले सहयोग गर्नुहुन्छ भन्नेमा पूर्णरुपमा विश्वस्त छु ।
सचिव पदको उम्मेदवारी दिइरहँदा तपाईंलाई कुमार पन्तको सहयोग छ हो ?
कुमार पन्त लामो समयदेखि एनआरएनएमा लागेको व्यक्ति हो । कुलजी पनि त्यस्तै त्यागी व्यक्ति हो । उहाँहरु दुवैजना उपाध्यक्षहुँदै अध्यक्ष पदमा प्रत्यासीहुँदै गर्दा यो संस्थाको अभियानमा कुरमा पन्त अधि बढी योगदान हो भन्ने लाग्छ ।
त्यसो भए यसपटक कुल आचार्यले जित्ने कि कुमार पन्तले ?
मैले अघि पनि भनेको यसमा विजेता र सह–विजेता हुन्छन् ।
चुनावमा गइसकेपछि एकजना त अध्यक्ष बन्नुपर्छ नि ?
दुईमध्ये एकजना बन्नेमा अहिलेसम्म मैले देखेको कुमार पन्त नै हो जस्तो लाग्छ ।
कुमार पन्तको प्यानलबाट तपाईंले सचिवको उम्मेदवारी दिनुभएको छ, तपाईंले जित्ने आधार के ?
मैले विगत २००८ देखि मध्येपुरको दुवई, मलेसिया, जापान, कोरियाका श्रमिकका समस्या र आइपर्ने खुःखका सम्भावनाहरु बारम्बार उठाउँदै आइरहेको छु । त्योसँगसँगै हामीले पगठाएको रेमिट्यान्स राष्ट्र विकासको ठाउँमा खर्च गर्नुपर्दछ । अन्य अनुत्पादन क्षेत्रमा खर्च हुँदैगर्दा हामीहरु जस्ता युवाहरु १०-१५ वर्षपछि खाली फर्किँदैगर्दा औषधि उपचार गर्न नसकिने भयावह स्थिति देखिँदैछ । उता व्यापार घाटाले नेपाल सरकार जीडीपीको ३२ प्रतिशत हामीले पठाएको रेमिट्यान्स राष्ट्र विकासमा लागेको छैन । अर्को कुरा हामीले पठाएको डलरमा राष्ट्र बैंकले अरुलाई २५ देखि ३० पैसा कमिसन दिँदैगर्दा यी श्रमिकहरुको हकहितका निम्ति कमसेकम राष्ट्र बैंकले डलरको इन्सेन्टिभबाट एउटा कल्याणकारी कोषको स्थापना गर्नुपर्दछ भन्ने मलाई लाग्छ । यो सबै उम्मेदवारहरुको साझा एजेन्डा पनि हो ।
खाडी मुलुकमा काम गर्ने श्रमिकहरु सरकारले पनि हाम्रो भविष्यप्रति गम्भीर भएर सोचेन भन्छन् नि ?
त्यो एकदमै दुःखलाग्दो विषय हो । मैले त्यहीं विषयमा लामो समयदेखि खाडी मुलुकमा काम गर्ने श्रमिकहरुको आवाज उठाउँदै आएको छु । त्यसमा मैले दूतावासहरुबाट श्रमस्वीकृतिका कुरा उठाउँन अहोरात्र खटिएर लागेको छु । स्वास्थ्य सुरक्षासम्बन्धी जनचेतनामुलक कार्यक्रमहरुमा काम गर्दा ज्यान गुमाउनेदेखि विभिन्न साना–साना गल्ती हुँदा पनि अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्थाको समेत उजागर गर्दै आएको छु । त्यस्ता समस्यालाई न्यूनिकरण गर्नुपर्छ, मानिसहरुलाई ती समस्याबाट मुक्त बनाएर घर पठाउनुपर्छ भनेर विभिन्न ठाउँमा आवाजहरु उठाएका छौं । अहिले आएर श्रममन्त्रीज्यूले त्यसलाई नियममा पर्नुभएको छ । त्यलाई लागु गर्न कहिलेसम्म लड्नुपर्ने हो भन्ने अलि दुखद् कुरा छ ।
तपाईंहरु यो निर्वाचन कांग्रेस र कम्युनिस्टको रुपमा देखिनुभएको छ हो ?
त्यस्तो हुनुहुँदैन । बाहिर अतिकति रंगहरु देखिन खोजेको छ । एनआरएनए भनेको एउटा साझा संस्था हो । यहाँ राजनीति नै गर्ने हो भने राजनीतिक पार्टी संगठनहरु हुनुहुन्छ । धेरै दलहरु पनि छन् । तपाईंहरुले पनि यसमा के प्रोत्साहन गरिदिनुपर्छ भने गैरआवासीय नेपाली संघलाई साझा रुपमै अगाडि बढाउनुपर्छ । यसलाई राजनीतिकरण गरिनुहुन्न भनेर । राजनीति गर्नेलाई अन्तै ठाउँ छ । विदेशमा रहेका झन्डै ७० हाराहारी नेपालीको दुःखमा घाउमा मलम लगाउने र सुखमा सँगसँगै खुसी साटासाट गर्ने गरी नेपालीका लागि नेपाली भनेर स्थापना गरिएको संस्था हो यो । ताकि यसमा कुनै राजनीतिक रंगमा टिम बनाएर चुनाव लड्ने ठाउँ होस् ।
नेपालीका लागि नेपाली थियो, अहिले त कांग्रेस र कम्युनिष्टको लागि भयो नि ?
यस्तो दुःखलाग्दो अवस्था पछिल्लो दिनमा मैले देखेको छु, यस्तो हुनुहुँदैन । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा राजनीतिक दलको पक्षधरले जित्नुहुँदैन भन्ने पक्षमा म छु ।
कुल र कुमार भनेको त सत्तापक्ष र प्रतिपक्षको उम्मेदवार हो नि ?
मैले चिन्नुपर्दा कुमार र कुलजी भनेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को उम्मेदवार हुन् । यसमा उहाँहरुले राजनीतिक रंग कसरी लगाउन पुग्नुभयो भन्ने कुरामा मैले प्रष्टसँग बुझ्न पाएको छैन । यदि त्यसो हो भने दुःखलाग्दो कुरा हो । उहाँहरुको टिममा सबै राजनीतिक आस्था राख्ने साथीहरु मैले देखेको छु । हिजो उहाँहरुको राजनीतिक ब्यागग्राउन्ड कसको कहाँ थियो । यो संस्थामा राजनीति नै गरेर आउने कुरा चाहीं नराम्रो हो ।
उपेन्द्र महत्वले त यसपटकको गैरआवासीय नेपाली संघमा राजनीतिक गन्ध देखियो त्यसैले म आउदिँन भन्नुभयो नि ?
उपेन्द्र महतोजी यो संस्थाको पिता हो । यो संस्था आज १६ वर्षलाग्दै गर्दा विश्वभर रहेका नेपालीहरु एउटै मालामा गाँसिन पुग्नुभएको छ । हो, उहाँले जसरी संस्था स्थापना गर्नुभयो । उहाँलाई चिन्ता लाग्नु स्वाभाविक हो । हामीहरुलाई त चिन्ता छ भने उहाँलाई नलाग्ने कुरै भएन । उहाँले हामीहरुलाई यसो नगर भन्नुपर्ने हो । तर, कार्यक्रमनै बहिस्कार गरेको कुरा आधिकारिक रुपमा मलाई थाहा छैन । उहाँ नेपाल बाहिर भएर हो कि के मलाई थाका भएन ।
उहाँ घरमै हुनुहुन्छ, उहाँको त प्रतिक्रिया आइसकेको छ ?
उहाँको चिन्तालाई मैले सही मान्छु । जुन संस्था हिजो ‘नेपालीका लागि नेपाली’ भनेर स्थापना भएको हो । फलानो राजनीतिक दलको लागि भनेर स्थापना भएको होइन । त्यसैले यो जुन उद्देश्यका लागि स्थापना भएको हो, त्ससैमा अगाडि बढ्नुपर्छ ।
सचिवमा तपाईंको जित सुनिश्चित छ ?
मैले होइन, हाम्रा अभियन्ताले जित्नुपर्छ भन्ने विचार राखेको छु ।
तपाईंले नजितिकन तपाईंको टिमले कसरी जित्छ ?
मेरो जित सुनिश्चित यो मानेमा छ कि, मैले उठाएका एजेन्डा अहिलेका आवश्यकता हुन् । त्यो एजेन्डामा अगाडि बढेर नेपाल सरकारसँग नियमनमा पार्नको लागि पहल गर्नुपर्छ । त्यही अभियानमा लागिरहेको हुनाले पनि मैले जित्छु भन्नेमा विश्वस्त छु ।

File Photo



प्रतिक्रिया दिनुहोस्