Logo

निदान अस्पतालका सीईओ नै मृगौला “तस्कर”



ललितपुर,२९ असोज । मृगौला बिक्रीको आरोपमा ललितपुर स्थित निदान अस्पतालका सीईओसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सीईओ विपेन्द्र प्रधान,अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, मृगौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आले रहेका छन् ।

एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मृगौला झिकेको आरोपमा प्रहरीले अस्पतालका प्रमुख कार्यकारी अधिकृतसहित पाँच जनाललाई पक्राउ गरेको हो ।

अस्पतालले एक व्यक्तिको नाममा दोस्रो व्यक्तिकोे मृगौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्