Logo

कुमार पन्तको अध्यक्षको दाबेदारी नेचुरल हो- जीवा लामिछाने, पूर्व अध्यक्ष, एनआरएन



काठमाडौं, २९ असोज । गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने सफल व्यवसायी हुन् । उनले प्रवासी नेपालीको हकहितका लागि लामो समययता काम गर्दै आएका छन् । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

तपाईंमाथि सबैको ध्यान केन्द्रित भएको छ नि ?
मप्रति किन ध्यान केन्द्रित हुनु ।
तपाई कुमार पन्तलाई उम्मेदवार बनाउन चाहनुहुन्छ किन ?
तपाईंले मलाई बडो अप्ठ्यारो प्रश्न गर्नुभयो । यसमा मैले पनि भन्नैपर्ने हुन्छ । कुमारजीको यसपालिको जनु दावी छ, त्यो नेचुरल हो । किन भने उहाँ स्थानीय हामी एलसीसी भन्छौं । त्यसका विभिन्न चरणहरु पार गर्दै दुईपटक उपाध्यक्ष भइसक्नुभएको छ । महासचिव पनि हुनुभयो । त्यसै अहिले अध्यक्ष भन्नुभएको छ । त्यो ठीक छ भन्ने मेरो मान्यता हो ।
त्यसो भए कुमार पन्तले जित्नुपर्छ भन्ने तपाईंको मान्यता हो ?
मैले अघिनै भनिसकें त्यसबाट सबै कुरा प्रष्ट हुन्छ ।
यसपटकको सम्मेलनले के सन्देश दिन्छ ?
धेरै साथीहरु उत्साहका साथ आउनुभएको छ । यो हाम्रो विश्वसम्मेलन हो । यसमा हामी आफ्ना संगठनका कुरा पनि गर्दछौं । चुनावपछि आगामी दिनहरुमा कसरी संगठनलाई अगाडि बढाउने भन्ने विषयमा छलफल गर्दछौं ।
अहिले त कांग्रेस भर्सेस कम्युनिस्ट भयो नि, यसलाई सर्वसम्मत बनाउन सक्नुहुन्न ?
कांग्रेस र कम्यनिस्ट जस्तो म मान्दिँन । सर्वसम्मतको जुन तपाईंले कुरा गर्नुभयो, त्यो हुदाँ पहिला पनि नोमिनेसन दर्ता हुनभन्दा १५ मिनेट अगाडि सहमतिमा पुगेका थियौं । त्यसैले भोलिसम्ममा पनि सहमति नहोला भन्न म सक्दिँन । यी दुईजना साथीहरु लामोसमयदेखि सँगसँगै काम गरेर आउनुभएको छ । उहाँहरुले एकआपसमा सहयोग गरेर जाने भन्नुभयो भने सबै साथीहरुको बीचमा एउटा नयाँ उत्साह पनि थपिएला । सहमति भएन भने पनि प्रजातान्त्रिक मूल्य र मान्यताबाट स्वस्थप्रतिस्पर्धा पुरा गरेर नेतृत्व चयन गर्ने हो । २६ सयको संख्यामा यसपटकको जुन सहभागिता छ, त्यो धेरै उत्साहजजम हो । तीन हजार हाराहारी डेलिगेस्टहरु आउनुभएको थियो । त्यसमा २६ माथि साथीहरुले भोलि अधिवेसन र यसमा भागि लिने भनेर रजिष्ट्रेसन पनि गरिसक्नुभएको छ । यो अहिलेसम्मकै ठूलो सहभागीता हो ।
पार्टीको ह्वीप रहँदैन ?
अहिलेसम्म लागेको छैन । यसपटक पनि लाग्दैन भन्नेमा विश्वस्त छु ।
कांग्रेस सभापतिको उम्मेदवार कुल आचार्य र प्रधानमन्त्रीको उम्मेदवार कुमार पन्त भन्छन् नि ?
बाहिर यो चर्चा छ, तर वास्तविकता त्यो होइन । यसको नतिजा भोलि हाथा भइहाल्छ ।

File Photo



प्रतिक्रिया दिनुहोस्