Logo

पहिले खसीबोका आयात अहिले हाम्रै खसीबोकाहरु नबिकेको अवस्था



काठमाडौं, २९ असोज । कृषिमा प्रगति गरिरहेको अवस्था छ । यसमा छिट्टै प्रभाव भइहाल्ने भन्दा पनि अहिले नेपालको समग्र कृषि क्षेत्रलाई नियाल्दा नपुग अवस्था देखिँदैन । तरकारी बाहिरी मुलुकतिर पनि निर्यात हुनथालेको छ । यसपालि देखि दशैंमा जसरी खसीबोका बाहिरबाट आयात गर्नेगरिएको थियो, त्यो अवस्था रहेन । बरु हाम्रै खसीबोकाहरु नबिकेको अवस्था देखियो । त्यसले तरकारी र मासुमा हामी आत्मनिर्भर भएको अवस्था छ ।

नेपाल अहिले दूध, फलफूल, तरकारी र मासुमा आत्मनिर्भर भइसकेको अवस्था हो । त्यसपछि धानलगायत प्रमुख बालीहरुमा पनि आत्मनिर्भरताको नजिक नजिकमा छौं । खाने संख्या र उत्पादनको तादम्यता नमिलेको कारणले अहिलेकाहीं तलमाथि परेको जस्तो देखिन्छ । त्यस्तो अवस्थालाई परिपूर्ति गर्नका लागि केही आयात गर्नुपर्ने अवस्था देखिन्छ । त्यसलाई पनि परिपूर्ति गर्नका लागि नीति तथा कार्यक्रम लिएर तिनैतहका सरकारहरु लागिपरेका छौं । –कृषि सचिव युवकध्वज जीसीसँग अन्तवार्तामा आधारित



प्रतिक्रिया दिनुहोस्