Logo

पूर्वअर्थमन्त्री मधुकर शमशेरको निधन



काठमाडौं, २९ असोज । पूर्वमन्त्री मधुकर शमशेर राणाको निधन भएको छ । उनको ७८ वर्षको उमेरमा बुधबार साँझ निधन भएको हो ।राणा विकास अर्थशास्त्री हुन् ।

उनी पछिल्लो समय प्राध्यापन गर्थे । राणा खलकका मधुकर बहुप्रतिभाशाली थिए । उनी व्यवसायमा समेत संलग्न थिए । राणा शालिग्राम होटलका संस्थापक हुन् । उनी राजदूत समेत रहे । तत्कालिन राजपरिवारका नजिक थिए ।

हकी संघको उपाध्यक्ष समेत रहे । उनलाई नजिकबाट चिन्ने पूर्व आइजीपी खड्गजीत बरालले राणालाई ‘मानव रत्न’ भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्