Logo

रातमा चल्यो एनआरएनको चुनाव, कस्को समर्थन कसलाई



काठमाडौं, २९ असोज । गैर आवासीय नेपाली संघ (एनआरएन) को नयाँ नेतृत्वका लागि चुनाव शुरु भएको छ । बुधबार अबेर शुरु भएको चुनावमा कुमार पन्त र कुल आचार्य अध्यक्षका प्रतिष्पर्धी छन् ।

चुनावमा नयाँ कार्यसमितिका अन्य पदहरुमा पनि मतदान शुरु भएको छ । विद्युतीय उपकरणबाट मतदान गरिएकाले नतिजा आउन समय लाग्दैन ।

चुनावमा कुमार पन्तलाई पूर्व अध्यक्ष जीवा लामिछानेको समर्थन छ । लामिछानेले कुमार यसअघिको कार्यसमितिमा रहेर काम गरिसकेकाले उनको दाबेदारीलाई नेचुरल भनेका छन् । उनले सिधै नभनेपनि कुमारलाई समर्थन देखाएका छन् ।

चुनावमा जीत हासिल गर्नेको ५० मतको मात्र फरक पर्ने पूर्व अध्यक्ष शेष घलेको अनुमान रहेको छ । उनले एनआरएनमा सफल हुने नेपालको राजनीतिमा पनि सफल हुने तर्क गरेका छन् । यसपटक एनआरएनको चुनावमा अति राजनीति हुनाको साथै राजनीतिक दलको हस्तक्षेप समेत भएको टिकाटिप्पणी भइरहेको छ ।

संस्थापक अध्यक्ष उपेन्द्र महतो उदघाटनमा समेत देखिएनन् । उनले एनआरएनको भावना विपरित राजनीतिक हस्तक्षेप हुनथालेको भन्दै असन्तुष्टि दर्शाएका छन् । यद्यपि महतोले एनआरएनमा अनुभवीले जित्नुपर्ने चाहना राखेको बुझिएको छ ।
File Photo



प्रतिक्रिया दिनुहोस्