Logo

‘बासनादार चामलको चाहनाले चामल आयात बढ्यो’



धानमा भने केही आयात गर्नुपर्ने दुखलाग्दो अवस्था छ । ३७, ३८ लाख मेट्रिक उत्पादन भइराखेको स्थितिमा अहिले ५६, ५७ लाख मेट्रिक्टन भएको अवस्था छ । ६५ देखि ७० मेट्रिकटनको टार्गेट हाम्रो हो । कतिपय अवस्थामा नपुग भएरभन्दा पनि बासनादार चामल तथा खाद्यान्न, महंगा चिजहरु किन्ने बानीले गर्दा पनि आयतको अवस्था देखिएको हो । पछिल्लो समय नेपालीहरुमा क्रयशक्ति पनि बढेको छ । त्यसले गर्दा आफ्नो देशको खाद्यान्न हुँदाहुँदै पनि अन्य मुलुकबाट महंगा चामल आयात गर्ने बानीले त्यस्तो देखिएको हो ।

उत्पादनकै कुरा गर्ने हो भने धानालई छोडेर मकै, कोदो, फापर, जौऊ, गहुँलगायत हेर्दा सवा करोड मेट्रिकटन उत्पादन भइरहेको छ । हिजो हामीले जुन खालको खानाको बारेमा अध्ययन गरेर आयौं । अहिलेको खानामा त्यो फिट भएको अवस्था छैन । डिमान्डको रुपमा अस्वभाविक रुपले कस्मेटिक फुडमा बड्दै गएको छ । हामीले आफ्नो खाद्यान्तमा ध्यान दिएनौं । त्यसले गर्दा खाद्य सुरक्षालाई मिलाएर जान सकिएको छैन ।

(कृषि सचिव युवकध्वज जीसीसँग अन्तवार्तामा आधारित)



प्रतिक्रिया दिनुहोस्