Logo

‘नेपाली सुन्तला र जुनार अब चीनमा’



चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको सन्दर्भमा हामीले पनि कृषि उत्पादन निर्यातको अवसर सृजना गरेका छौं । खासगरी फलफुलमा नेपालबाट चीनतिर सुन्तला, जुनारा पठाउने सम्झौता गरेका छौं । यी फलफुलहरु आयात गर्ने गरेको अवस्था थियो, अहिले कसरी निर्यात गर्न सके भन्ने प्रश्न आउन सक्छ । यो जिज्ञासालाई परिपूर्ति गर्नका लागि हामीले पहिला बजारको सुनिश्चितता गर्नु आवश्यक छ ।

बजारले पनि उत्पादित जिलाई सही मूल्य निर्धार गरी खरिदबिक्री गर्नुपर्ने आवश्यकता छ । कहिलेकाही गालभेडा धेरै उत्पादन गर्ने अनि बिकेन भनेर भौतारिने अवस्था पनि छन् । त्यसैले हामीले उत्पादन पनि गर्दै जाने र सँगसँगै बजारको पनि सुनिश्चितता पनि गर्दै जानुपर्छ । त्यसैले बजार र उत्पादन दुवै परिपुरक अंगहरु हुन् । यो भ्रमणमा बजारको क्षेत्रमा दूरगामी असर पर्ने खाले सम्झौता गरेका छौं ।

नेपालस्थित सिन्धुली, रामेछाप एरियाको जुनार, सुन्तला चीनतिर निर्यात गरी यहाँकोभन्दा बढी मूल्यमा बिक्री गर्न सकिन्छ । यसले किसानहरुमा हौसला पैदा गराईं उत्पादनमा समेत बृद्धि हुने छ । यसले गुणस्तरीय फलपूmलमा पनि सघाउ पु¥याउँछ । हामीले कृषिक्षेत्रमा जब उत्पादन बढाउन थाल्छौं सँगै बजार व्यवस्थाको पनि ख्याल गर्नुपर्छ । त्यसो भयो भने किसानहरुलाई घाटा पनि हुँदैन । उपभोक्ता पनि ठगिनुपर्दैन । अहिलेको सम्झौताले उत्पादन र बजारलाई सन्तुलन ल्याउने काम गरेको प्रस्ट हुन्छ ।

(कृषि सचिव युवकध्वज जीसीसँग अन्तवार्तामा आधारित) Photo File



प्रतिक्रिया दिनुहोस्