Logo

मतदान हुँदा हुँदै मेशिनमा खराबी, एनआरएनको चुनाव सर्यो



काठमाडौं, २९ असोज । गैर आवासीय नेपाली संघ एनआरएनको नयाँ नेतृत्वका लागि चुनाव शुरु भएको केही समयमै भोटिङ मेशिनमा समस्या आएपछि स्थगित गरिएको छ । चुनाव बिहिबार विहान हुने भएको छ ।

मतदान अघि प्रतिनिधिको नामावलीमा विवाद देखिएपछि ढिलो गरी शुरु भएको थियो । मेशिन बिग्रिएपछि अब अर्को व्यवस्था गरिने भएको छ ।
चुनावमा कुमार पन्त र कुल आचार्य अध्यक्षका प्रतिष्पर्धी छन् । चुनावमा नयाँ कार्यसमितिका कतिपय पदमा निर्विरोध भइसकेको छ । बाँकी पदहरुमा चुनाव हुने भएको छ ।

चुनावका अध्यक्षका प्रत्याशी चुनावमा कुमार पन्तलाई पूर्व अध्यक्ष जीवा लामिछानेको समर्थन छ । लामिछानेले कुमार यसअघिको कार्यसमितिमा रहेर काम गरिसकेकाले उनको दाबेदारीलाई नेचुरल भनेका छन् । उनले सिधै नभनेपनि कुमारलाई समर्थन देखाएका छन् ।

चुनावमा जीत हासिल गर्नेको ५० मतको मात्र फरक पर्ने पूर्व अध्यक्ष शेष घलेको अनुमान रहेको छ । उनले एनआरएनमा सफल हुने नेपालको राजनीतिमा पनि सफल हुने तर्क गरेका छन् । यसपटक एनआरएनको चुनावमा अति राजनीति हुनाको साथै राजनीतिक दलको हस्तक्षेप समेत भएको टिकाटिप्पणी भइरहेको छ ।
File Photo



प्रतिक्रिया दिनुहोस्