Logo

एनआरएनए निर्वाचनमा सरकारले धाँधली गर्न खोज्यो : रामहरि खतिवडा



काठमाडौं, २९ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशन काठमाडौंमा सुरु भएको छ । संघको नेतृत्वको लागि चुनावी प्रतिष्पर्धा यस्तो देखिएको छ, जुन दलीय चुनावभन्दा कम छैन् ।

संघको ४२ पदका लागि निर्वाचन हुँदैछ । आज साँझ ५ बजेपछि मतदान सुरु गर्ने भनिएको थियो । तर, केही विवाद हुँदा अवेर सुरु गरिएको मतदान मेशिनले साथ नदिँदा मतदान भोलि विहान दश बजेसम्मका लागि स्थगित् भएको छ । मतदान सकिएको एक घण्टाभित्र नतिजा आउने पनि निर्वाचन समितिले जानकारी दिएको छ ।

हुन त यसपटकको एनआरएनएको निर्वाचन सत्तापक्ष र प्रतिपक्षको भीडन्त बनेको छ । अध्यक्षका उम्मेद्धवार पन्त सत्तापक्षका उम्मेद्धवार हुन् भने आचार्य प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेद्धवार हुन् ।सत्तापक्षले गैरआवासीय नेपाली संघको निर्वाचनमा राजनीति हस्तक्षेप गर्न खोजेको धाँधली गर्न खोजेको कांग्रेस नेता रामहरी खतिवडाको आरोप छ ।

उनले नेकपा र सरकारले एनआरएनमा राजनीति गर्न खोजेको आरोप लगाए । ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित सुरु भएको सम्मेलनमा विश्वभरबाट २५ सय प्रतिनिधि सहभागी भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्