Logo

बक्सिङ रिङमा नकआउट हुँदा निधन (भिडियोसहित)



एकजना बक्सरको खेलका क्रममा नकआउट हुँदा निधन भएको छ । २७ वर्षीय प्याट्रिक डेको चार दिनपछि बुधबार निधन भएको हो ।

शनिबार राति सिकागोमा भएको बक्सिङ भिडन्तमा चाल्र्स कनवेलबाट नकआउट भएका डे को मस्तिष्कमा असर परेको थियो । उनी दशौं राउन्डमा ढलेका थिए । त्यसपछि अस्पताल लगिएको थियो ।

उनलाई नकआउट गर्ने बक्सर कनवेलले दुःख व्यक्त गरेका छन् । आफूले यस्तो होस् भन्ने नचाहेको बताएका छन् ।

पछिल्लो समय बक्सिङमा धेरै खेलाडीको मृत्यु भइरहेको छ । बक्सिङ झन् खतरनाक खेल बन्दैछ ।-एजेन्सी

भिडियो:

Photo Source: CBS Sports



प्रतिक्रिया दिनुहोस्