Logo

सुनको ट्वाइलेट चोर्ने तीन अभियुक्त पक्राउ



सुनको टुवाइलेट चोर्नेमध्येका तीन जना अभियुक्त पक्राउ परेका छन् । बेलायत प्रहरीले बुधबार पक्राउ परेका उनीहरुमाथि अनुसन्धान थालेको छ ।

विस्टन चर्चिलको जन्मस्थानबाट एक महिना अघि सुनको ट्वाइलेट हराएकोमा बुधबार तीनजना पक्राउ परेका ह्न । पक्राउ परेकाहरुको नाम नखुलाइएपनि उनीहरु अक्सफोर्डका हुन् र ३४, ३५ र ३६ वर्ष उमेरका छन् ।

१८ क्यारेटकोसुनबाट बनाइएको ट्वाइलेट ऐतिहासिक महत्वको थियो । यसअघि दुई जनालाई चोरीको आशंकामा पक्राउ गरिएकोमा पछि रिहा गरिएको थियो ।

ट्वाइलेट पर्यटकका लागि पनि प्रयोगमा छुट थियो । बेलायतका प्रहरीले चोरबारे ठोस सूचना दिनेलाई एक लाख पाउण्ड पुरस्कार दिने घोषणा गरेको छ । -एजेन्सी



प्रतिक्रिया दिनुहोस्