Logo

प्रहरी तालिम केन्द्रमै बलात्कृत भइन महिला प्रहरी प्रशिक्षार्थी



काठमाडौं ३० असोज । नतालाई शान्ति, सुरक्षा प्रदान गर्न प्रहरी संगठनमा भर्ना हुन आएकी एक महिला प्रहरी प्रशिक्षार्थी तालिम केन्द्रभित्रै बलात्कृत भएकी छन् ।

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा प्रहरी जवान पदको तालिम लिईरहेकी महिला प्रशिक्षार्थी बलात्कृत भएकी हुन् । सोही तालिम केन्द्रमा कार्यरत प्रहरी नायव निरीक्षक ९सई० बमबहादुर रानाले तीन दिनअघि ब्यारेकभित्रै बलात्कार गरेको पीडितले बताएकी छन् ।

प्रहरी स्रोतका अनुसार विगत ३ महिनादेखि ती पीडित महिलाले जवान पदको तालिम लिदै आएकी थिईन् । सई रानाले आफुलाई विभिन्न दबाव दिएर जबरजस्ती बलात्कार गरेको पीडितको भनाई छ ।

प्रहरी बन्ने सपना बोकेर तालिम गरिरहेकी युवती प्रहरीबाटै बलात्कृत भएपछि पीडितका आफन्तले आक्रोश व्यक्त गरेका छन् ।  ‘प्रहरी बनेर देशको सेवा गर्लिन भनेर पठाएका थियौं, तर तालिम केन्द्र भित्रै प्रहरीबाट हाम्री चेली बलात्कारको शिकार भईन्,’ एक आफन्तले भने ‘भित्र भिदै दोषीलाई बचाउन हरेक प्रयास गरे, तर पीडितले हिम्मत गर्दा यो कुरा बाहिर आएको हो।’ पीडितका आफन्तले दोषीमाथी कडा कारबाही गर्नुपर्ने माग गरेका छन् । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्