Logo

घुम्ने वहानामा जंगलमा लगि बलत्कार



काठमाडौं, ३० असोज । घुम्ने वहानामा एक युुवतीलाई जंगलमा लगि बलात्कार गर्ने धरान–५ देउरालीका मिलन राईलाई पक्राउ परेका छन् ।

पक्राउ परेका १९ बर्षीय राईलाई गत असोज २६ गते देरालीबाट नियन्त्रणमा लिई जिल्ला अदालत सुनसरीमा म्याद थप गरि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

खोटाङ घर भएका राईले गत भदौं १८ गते साँझ ती किशोरीलाई ललाई फकाई बोलाई बगरकोट घुम्ने बहानामा सेउती खोला जँगलमा लगी जवरजस्ती करणी गरेको पीडितले बताइकी छन् ।

पछिल्लो पटक भदौं २२ गते बुढासुब्बा मन्दिरमा पीडितलाई छाडी फरार भएको प्रहरीले जनाएको छ । ती बालिकाको स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्