Logo

ट्रम्पको चेतावनीपछि इरडोगेनले जवाफ- दुनियाँको कुनै शक्तिले टर्कीको आक्रमणलाई रोक्न सक्दैन



टर्कीका राष्ट्रपति रिकेप टेइप इरडोगेनले दुनियाँको कुनै पनि शक्तिले टर्कीको कुर्द विद्रोहीमाथिको आक्रमणलाई रोक्न नसक्ने बताएका छन् । उद्देश्य पूरा नभएसम्म टर्कीले आक्रमण गरिरहने दृढता व्यक्त गरे ।

टर्कीमाथि अमेरिकाले तत्काल युद्धविरामको दबाब दिएलगत्तै इरडोगेनको उक्त भनाई सार्वजनिक भएको हो । उनले बुधबार कडा शब्दमा उत्तरपूर्वी सिरियाका कुर्दहरुको संगठनलाई आतंकवादी समेत भने । टर्कीले कुर्दहरुमाथि एक हप्तायता सैन्य कारबाही गर्दा ३० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । उनलाई अमेरिकी अधिकारीले भेटेर युद्धविरामको दबाब समेत दिएका थिए ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरडोगेनलाई मूर्ख नबन्द भन्दै कडा पत्र लेखेका थिए । उनले पत्रमा कठोर व्यक्ति नबन्न र समझदारीमा आउन सम्झाएका थिए ।

सीएनएनले ट्रम्पले लेखेको पत्र सार्वजनिक गरेको छ । ९ अक्टोबरमा टर्कीका राष्ट्रपतिका नाममा लखेको पत्रमा भनिएको छ, ‘कठिन व्यक्ति नबन्नु । मूर्ख नबन्नु ।’

हजारौं मानिसहरुको हत्यामा जिम्मेवार नबन्न समेत ट्रम्पले सम्झाएका छन् । उनले टर्कीको अर्थतन्त्र ध्वस्त पारिदिने चेतावनी समेद दिएका छन् ।

टर्कीले पछिल्लो समय सिरियाका कुर्दिस विद्रोहीमाथि कारबाही चलाएको छ । सिरियामा भएको हमलाका क्रममा लाखौं मानिस विस्थापित भएका छन् । यस घटनाले सिरियामा थप संकट परेको छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्