Logo

लोकसेवाले ६ हजार कर्मचारीको विज्ञापन खोल्दै



loksewa logo

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि झण्डै ६ हजार कर्मचारीको फेरी बिज्ञापन गर्ने भएको छ ।

सरकारले करिव ५ हजार सुब्वा तथा खरिदार र एक हजार अधिकृत पदका लागि बिज्ञापन गर्न लागेको छ । सामान्य प्रशासन मन्त्रालयले ६ हजार कर्मचारीको बिज्ञापनका लागि लोकसेवा आयोगमा पत्राचार गरिसकेको छ ।

पहिलो चरणको बिज्ञापनको परीक्षा र नतिजा सार्वजनिक भइरहेको छ । पहिलो चरणको लिखित परीक्षाको सवै नतिजा आएपछि ६ हजार कर्मचारीको बिज्ञापन खोल्ने तयारी गरिएको छ ।

अबको दुई साताभित्र ६ हजार कर्मचारीका लागि बिज्ञापन खोल्ने आयोग स्रोतले बताएको छ । स्थानीय तहबाट माग भएर आएका करिब ६ हजार कर्मचारीका लागि बिज्ञापन गर्न लागिएको हो ।



प्रतिक्रिया दिनुहोस्