Logo

पद चाहिए पार्टी खोलेर चुनाव लडे हुन्छ



उत्तमराज पन्त : गोरखा, ३० असोज । सत्तारुढ दल समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हिम्मत भए र पद चाहिए पार्टी खोलेर चुनाव लड्न खुल्ला चूनौति दिएका छन् ।

बिहीबार गृहजिल्ला आईपुगेका भट्टराईले भने,‘पूर्व राजा ज्ञानेन्द्रलाइ मेरो पद आवश्यक छ भन्ने लाग्छ भने पार्टी खोलेर चुनाव लडे हुन्छ, पारस र हिमानीलाइ पनि उठाए हुन्छ । जनताले चुनाव जिताए भने देश चलाए हुन्छ हामीलाई त्यसमा कुनै आपत्ति छैन ।’

नेता भट्टराईले मुलुक लोकतान्त्रि गणतन्त्रात्मक यात्रामा अघि बढिसकेकोले अब यसबाट पछि फर्कन नसक्ने जिकिर गरे । उनले भने,‘नेपालमा अब राजतन्त्र फर्कने सम्भावना छैन् ।’



प्रतिक्रिया दिनुहोस्