Logo

वामदेवको खुलासा : अब प्रचण्ड प्रधानमन्त्री (भिडियोसहित)



काठमाडौं, ३० असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा संगठन विभागका प्रमुख वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीपछि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने खुलासा गरेका छन् । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गौतमले अध्यक्षद्धय ओली र प्रचण्डबीच आलोपालो सरकार सञ्चालनबारे सहमति भएको कुरा पुष्टि समेत गरे ।

नेता गौतमले आफ्नो पार्टी नेपाली जनताको साथी र असल मित्र रहेको पनि बताए । उनले भने,‘अब देशभित्र रहेको गरिबी समाप्त पार्ने काम यो पार्टीले गर्छ । अहिले हामीलाई मुलुकलाई अघि बढाउने ऐतिहासिक अवसर प्राप्त भएको छ । सोहीअनुसार वर्तमान सरकार अघि बढिरहेको छ ।’ आगामी तीन वर्षभित्र देशलाई आफूहरुले धेरै माथि उठाउनेपनि उनको दाबी छ । देशमा विद्यमान रहेको गरिबीलाई हटाउने उनको प्रतिबद्धता छ ।

उनले मुलुक यतिवेला समाजवादउन्मुख दिशामा नै अघि बढिरहेको पनि उनले विश्वास दिलाए । गौतमले भने,‘यो समाजवादउन्मुख होईन कि मेरो लाईन त समाजवाद नै हुनुपर्छ भन्ने हो । समाजवादउन्मुख भनेर संविधान र पार्टीको कार्यक्रमले पनि भनिसकेको सुनाउँदै आफूले त समाजवाद नै लागु गरिहालौं भनेको पनि सुनाए । नेता गौतमले यो देशमा कम्युनिष्ट पार्टीलाई कहिल्यैपनि र कसैलेपनि पराजित गर्न नसक्ने गरि पार्टी निर्माण गर्ने पनि आफ्नो महत्वकांक्षी योजना सुनाए ।

 



प्रतिक्रिया दिनुहोस्