Logo

युद्ध जस्तै भयो दुई कोरियाबीचको फुटबल



जब दक्षिण कोरियाली खेलाडी उत्तर कोरियासँग फुटबल खेलेर स्वदेश फर्किए तब सन्तोषको स्वास फेरे । उनीहरुले आफूहरु घाइते हुनबाट धन्न जोगिएको प्रतिक्रिया दिए । उत्तर कोरियाली खेलाडी निकै उत्तेजित भई खेलेको बताए । उनीहरुमा केही त्रासको महशुश भएको खुल्यो ।

दक्षिण कोरियाको फुटबल एशोशिएसनका उपाध्यक्ष चोइ योङ इलले प्रतिष्पर्धालाई युद्ध जस्तै भने । उनको प्रतिक्रिया थियो, ‘त्यो युद्ध जस्तै थियो ।’ उत्तर कोरियालीले आफूसँग आँखामा आँखा पनि नमिलाएको र नबोलेको सुनाए । यसबाट उनी आश्चर्यचकित भएको सुनाए । उनले भने, ‘मैंले बोल्दा उत्तर कोरियालीले आँखा समेत मिलाएनन् बोल्न त परै जाओस् ।’

दक्षिण कोरियाली कप्तान सन हुङ मिनले उत्तर कोरियाली टोलीको रणनीति निकै उत्तेजक शैलीको भएको सुनाए । उनले भने,’घाइते नभई स्वदेश फर्कनु ठूलो उपलब्धि हो ।’

कहिले नभएको यस्तो फुटबल
स्टेडियम खाली थियो । न कुनै दर्शक थिए । दक्षिण कोरियाको मिडियालाई प्रवेश रोकिएको थियो । ३९ वर्षपछि उत्तर र दक्षिण कोरियाको राष्ट्रिय टोलीबीच भएको फुटबल भिडन्त थियो त्यो ।

१५ अक्टोबरमा किम इल सुङ स्टेडियममा खाली अवस्थामा दुवै कोरियाली खेलाडीहरुले खेले । फिफा अध्यक्ष गियानी इफानटिनो पनि ऐतिहासिक खेल हेर्न प्योङयाङ पुगेका थिए । तर, खाली स्टेडियम देखेर तीतो अनुभव सुनाए ।

दक्षिण कोरियाली फुटबल संघले ५० हजारभन्दा बढी घरेलु दर्शक हुने ठानेको थियो । तर, त्यहाँ रित्तो स्टेडियम मात्र थियो । खेल प्रत्यक्ष प्रसारण गर्न नपाएपछि वाक्य लेखेर प्रत्यक्ष जानकारी गराउन खोज्दा पनि इन्टरनेट अवरुद्ध पारिएको थियो ।

यस्तो विश्वकप फुटबलको छनोट खेलमा दुई कोरियाले गोलरहित बराबरी खेले । उत्तर कोरियाको राजधानी प्योङयाङमा भएको एशिया प्यासिफिक छनोट खेलमा दुवै टोलीले अंक बाँडेका हुन् ।

झण्डै ३० वर्षपछि दुई कोरियाको राष्ट्रिय टिम आमनेसामने भएका थिए । निकै चासोका साथ हेरिएको खेल हेर्न प्योङयाङस्थित फुटबल स्टेडियम खचाखच थियो ।

ऐतिहासिक खेलमा कुनै टोलीले गोल गर्न सकेनन् । पछिल्लो समय दुवै कोरियाबीच सम्बन्ध सुधारिदै जाँदा दक्षिण कोरियाली टोली उत्तर कोरिया पुगेको हो ।
एजेन्सी

Photo Source: AP



प्रतिक्रिया दिनुहोस्