Logo

मोटरसाइकल सहित चोर नियन्त्रणमा



पर्सा, ३० असोज । पार्किङमा राखेको मोटरसाइकल चोर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार मोतिहारी आदापुर थाना ईनर्वा वेल्दर्वा बस्ने श्याम किशोर साह तुरहा र बारा कलैया उपमहानगरपालिका नम्बर २० वसतपुर स्थित विश्वकर्मा मोटरसाइकल वर्कसपको सञ्चालक सिकेन्द्र साह रहेका छन् ।

बीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित पार्किङ गरी राखेको ना २० प ११४ नम्बरको मोटरसाइकल चोरी गरी लैजार्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पर्सा कार्यालयबाट खटिएको प्रहरी टोलीले पार्किङ गरी राखेको ना २० प ११४ नम्बरको मोटरसाइकल फेला पारी बरामद गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्