Logo

मोटरसाइकल दुघर्टनामा एकको मृत्यु



पर्सा, ३० असोज । मोटरसाइकल दुघर्टनामा एक जनाको मृृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बीरगंज महानगरपालिका वडा नम्बर ४ नयाँबस्ती बस्ने राज कुमार बि.क रहेका छन् । सोही महानगरपालिका वडा नमबर २२ जगरनाथपुर स्थित परवानीपुर ड्राईपोर्ट भित्रि सडक खण्डमा बन्दै गरेको पुलमा ना ४४ प ९९६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ २९ असोजमा दुर्घटना भएको हो ।

घाईते बि.क.को वीरगंज स्थित तराई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको लाश पोस्टमार्टमको लागि नारायणी अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ ।

घट्नाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्