Logo

छुरा प्रहार गर्ने प्रहरी नियन्त्रणमा



पर्सा, ३० असोज । छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार बैसाली थाना गोरौल घर भई बिरगंज महानगरपालिका वडा नमबर १५ प्रतिमा चौक स्थित तमाना टायर पसलमा काम गर्ने राजकुमार भन्ने राजु राम रहेका छन् । रामले भारत बिहार मुझफ्फरपुर थाना मतहा घर भई सोही पसलमा काम गर्ने अभिसेक (थर नखुलेको) केटालाई छुरा प्रहार गरेको हो ।

सामान्य वाद विवाद हुँदा बाँया छातीमा छुरा प्रहार गरी घाईते बनाएकोमा उपचारको लागि नारायणी अस्पतालमा लगिएको र थप उपचारको लागि भारत रक्सौल डंकन अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ ।

छुरा प्रहार गर्ने राजु रामलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्