Logo

भारत–पाकिस्तान द्विपक्षीय क्रिकेट सम्बन्ध



नव निर्वाचित बिसीसीआइ प्रमुख र पूर्व भारतीय कप्तान सौरव गांगुलीले भारत र पाकिस्तानबीच द्विपक्षीय श्रृंखलाको मुद्दा सम्बोधन गरेका छन् । भारत र पाकिस्तानबीच द्विपक्षीय श्रृंखलाको सम्बन्ध दुबै पक्षका प्रधानमन्त्रीहरूको स्वीकृतिको अधीनमा रहेको जनाएका छन् ।

गांगुलीले यो विषय एक अन्तरराष्ट्रिय मुद्दा रहेको र यसलाई दुवै देशबीचको सहमतिले नै निकास दिन्छ भन्ने जनाएका छन् । भारत–पाकिस्तान द्विपक्षीय क्रिकेट श्रृंखला नभएको सात वर्ष भएको छ ।

यस अघि २०१२ मा दुइपक्षीय शृंखला हुँदा २ वटा टी ट्वेन्टी र ३ वटा एक दिवशीय खेलका थिए । भारत–पाकिस्तान द्विपक्षीय क्रिकेट श्रृंखला विश्व कै रोमान्चक खले हुने गर्दा यस शृंखलालाई पूर्ण रुप दिनु आवश्यक रहेको गांगुलीले जनाएका छन् । अहिलेको भारतीय टोली निकै राम्रो रहेको समेत जनाए ।



प्रतिक्रिया दिनुहोस्