Logo

रातो वाईनको फाइदा



प्रायः मानिसहरु रक्सिलाई नराम्रो मान्दछन् । अत्यधिक मात्रामा रक्सिको सेवनले शरीरलाई क्षति पुर्याउँछ । त्यस कारण रक्सिलाई समाजमा बहिस्कृत गरिन्छ । तर पनि मानिसहरु यसलाई सेवन गर्छन् । कुनै कुनै रक्सिको मात्रा मिलाएर सेवन गर्द शरीरलाई राम्रो प्रभाव पर्ने जनाइएको छ ।

वाईनलाई पनि एक प्रकारको रक्सि नै मानिन्छ । यसलाई नियमित हल्का मात्रामा सेवन गर्यो भने यसले शरीरलाई निकै फाइदा पुर्याउने गर्छ । रातो वाईनको सेवनले हाम्रो शरीरको तौल बढाउन मद्दत गर्दछ भने यसको नियमित रुपको सेवनले मुटुलाई बलियो बनाउन मदत पुर्याउँछ । यो वाइनमा समावेश गरिएको ट्यानिनहरूले हृदय रोगहरू बिरूद्ध लड्ने क्षमता राख्द छ । जसको सेवनले शरीरमा क्षमताको विकासमा मद्दत गर्छ ।

रातो वाईनलाई सही मात्रामा सेवन गरेमा उच्च रक्तचाप हुने सम्भावना ३० प्रतिशतले घट्द छ । यसले हाम्रो हड्डीको विकासमा पनि मद्दत पुर्याउँछ । राजोस्वलाको समस्या हुने महिलाको हड्डीलाई पनि यसले निकै मदत पुर्याउँछ । वाईन खाने बेलामा हाम्रो आँखाले हल्का धमिलो देख्न सक्छ तर लामो अवधिको लागि यसले हाम्रो आँखालाई धमिलो हुनबाट बचाउँछ ।

यसको सेवनले क्यान्सरको जोखिमबाट र विभिन्न प्रकारको क्यान्सरको सेललाई मार्न पनि मद्दत गर्छ । वाईनमा प्रतिरक्षा–बढावा दिने गुणहरू भएको कारण यसको नियमित सेवनले सबैलाई लाभ दायक हुन्छ ।



प्रतिक्रिया दिनुहोस्