Logo

सभामुख नेपाली काँग्रेसले पाउनुपर्छ- देउवा



काठमाडौं, ३० असोज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले फेरि आफू सभापति बन्ने बताएका छन् । उनले सभामुखमा पनि नेपाली काँग्रेसको दाबी रहेको खुलाए । उनीसँग बुधबार ऋषि धमलाले प्राइम टाइम टेलिभिजनका लागि गरेको विशेष कुराकानीः

चियापानमा आउनुभयो, यसले कस्तो सन्देश दिएको छ ?
यो नितान्त एकआपसमा शुभकामना आदानप्रदान गर्ने अवसर हो । यसको सुरुवात नेपाली कांग्रेसले गरेको हो । अहिले सबै पार्टीले गर्न थालेका छन् । यो धेरै राम्रो कुरा हो । यसमा वर्षभरी काम गर्ने क्रममा भए/गरेका तिक्ततालाई पन्छाएर खुसी साटासाट गरिन्छ । यस्ता कामले पार्टीहरुबीचमा सहकार्य, सहमति र एकतालाई बलियो बनाउछ ।
देशमा सहमति, सकार्य र एकताको सम्भावना छ ?
हुनुपर्छ भन्ने लाग्छ मलाई ।
वर्तमान सरकारले देश विकास गर्न सक्छ जस्तो लाग्छ ?
सबैसँग सहमति, सहकार्य र एकताकासाथ अगाडि बढ्ने हो भने भइहाल्छ नि, नहुने कुरै छैन ।
सभामुखमा नेपाली कांग्रेसको दावी छ कि छैन ?
किन नगर्नु ? गर्छ नि । यसमा हाम्रो दाबी हुन्छ । किन भने त्यो एउटै पार्टीको मात्रै हुनै पाउँछन । प्रमुख प्रतिपक्षी दलमा ठूलो पार्टी पनि कांग्रेस नै हो ।
सभामुखको बारेमा प्रधानमन्त्रीसँग कुरा गरिसक्नुभयो ?
प्रधानमन्त्रीसँग शुभकामना आदानप्रदानको काम मात्रै गरेको छु ।
नेपाली कांग्रेसको विकासका कुरा लिएर जनतासामु जाने बेलाभयो कि भएन ?
हामी गइराखेका छौं । जगजागर अभियान लिएर जनताका घर–घर, गाउँ–गाउँ, टोल–टोल पुगेका पुग्यौं ।
अब नेपाली कांग्रेस महाधिवेशनको तयारीमा लागेको हो ?
महाधिवेशन गर्नुपर्छ । त्यसको तयारीको लागि हामी विभिन्न तहबाट लागिरहेका छौं ।
कति समयपछि हुन्छ त महाधिवेशन ?
समयमै हुन्छ ।
महाधिवेशनमा कांग्रेस एकभएर जान्छ ?
हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो । यसमा चुनाव हुन्छ । त्यहाँ साथीहरुबीच स्वस्थ प्रतिस्पर्धा हुन्छ ।
आगामी सभापति पनि शेरबहादुर देउवा हो भन्छन्, तपाईंको चाहना छ ?
त्यसो भन्ने साथीहरुलाई धन्यवाद छ । त्यसरी साथीहरुले चाहन्छन् भने भइहाल्छ नि ।
त्यसो भए सभापतिमा उम्मेदवारी दिनुहुन्छ ?
लोकतान्त्रिक पार्टी हो, चुनाव लड्नको लागि उम्मेदवारी दिनुपरिहाल्छ नि ।

File Photo



प्रतिक्रिया दिनुहोस्