Logo

एनआरनए मतदान सम्पन्न, कुमार पन्तले दिए धन्यवाद



काठमाडौं, ३० असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशन काठमाडौंमा जारी छ । संघको नयाँ नेतृत्वको लागि भएको मतदान भर्खरै सम्पन्न भएको छ । मतदानस्थलमै रहेका हाम्रा सहकर्मी ईश्वर कार्कीले दिएको जानकारी सम्पन्न मतदानमा कुल २३५९ मत खसेको छ । उनकाअनुसार अब मुचुल्का उठाउने काम भइरहेको छ । अबको १ घण्टापछि मतगणना सुरु हुनेछ । संघको नेतृत्वको लागि कुमार पन्त र कुल आचार्यको भीडन्त भएको थियो ।

यसैबीच मतदान सकिएलगत्तै अध्यक्षका उम्मेद्धवार कुमार पन्तले मतदान गर्ने सबै प्रतिनिधिहरुलाई धन्यवाद दिएका छन् । उनले फेशबुकमार्फत यसरी धन्यवाद व्यक्त गरेका छन्,‘आरदरणीय गैरआवासीय नेपाली मित्र तथा शभेच्छुकज्यू, आफ्नो निजी काम छाडेर, दशैं तिहारलगायत ठूलठूला चाडको बीचमा परिवारसँग्समेत राम्रोसँग बस्न नपाई एनआरएन अभियानमा यहाँहरुले समर्पित गर्नुभएको समयका लागि धेरै धेरै धन्यवाद । विभिन्न समस्याका बाबजुद निकै धैर्यतापूर्वक मतदान प्रक्रियामा भाग लिनुहुने प्रतिनिधि र रातोदित खट्ने साथीहरुप्रति विशेष आभार । लोकतान्त्रिक प्रक्रियालाई पूर्णता दिन सहभागी सबै उम्मेद्धवार, निर्वाचन टोली, सचिवालय कर्मचारी, सञ्चारकर्मी, होटल व्यवस्थापन, सुरक्षाकर्मीलगायत सम्पूर्ण पक्ष धन्यवादका पात्र हुनुहुन्छ । अन्त्यमा नजिता नआउन्जेल थप धैर्यताका लागि यहाँहरुसमक्ष विनम्र अनुरोध समेत गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्