Logo

सिंहको खोरमा पुगेका युवकलाई यसरी बचाइयो (भिडियो सहित)



दिल्लीको चिडियाघरमा एकजना व्यक्ति उफ्रेर सिंहको नजिक पुगे । उनी सिंहसँग जिस्कन थाले । तर, सिंहले उनलाई हानी पुर्याइहालेन । उनी धेरैबेर जिस्किइरहे । २१ बर्षीय उनी बिहिबार चिडियाघरमा घुम्न जादा सिंहको घेराभित्र छिरेका हुन् ।

विहान करिब ११ बजे भएको घटनामा उनी धन्न बचे । धन्न सिंहले केही गरेन । चिडियाघरका कर्मचारी तत्काल आइपुगेर उनको उद्धार गरियो । विहार घर भएका युवक चिडियाघरमा घुम्न जाँदा सिंहको खोरभित्र पुगेका थिए । युवकलाई प्रहरीले सोधपुछ गरेको थियो ।

युवकलाई बचाउन त्यहाँ रहेका पर्यटकहरुले हल्ला गरेर सम्बन्धित निकायका मानिसहरुलाई बोलाएको भारतीय मिडियाले जनाएका छन् । सिंहको खोरमा एक तर्फ फलामको ग्रिल र अर्कोमा बाँसको अवरोध रहेको देखा पर्छ ।

-एजेन्सी



प्रतिक्रिया दिनुहोस्