Logo

बक्सिङ बन्यो खतरनाक खेल, हरेक वर्ष १३ बक्सर रिङमा घाइते भई ज्यान गुमाउँछन्



बक्सिङ खेल भिडन्तको खेल हो । यसप्रति धेरैको रुची छ । मुक्का हानेर खेलिने यस खेलमा वर्षैपिच्छि औसत १३ खेलाडी रिङमा घाइते भई मर्ने गरेका छन् ।

सन् १८९० देखि २०११ सम्म मात्र १६ सय भन्दा बढी बक्सर रिङमा घाइते भई मरेका छन् । यस वर्ष पनि नाम चलेका बक्सरहरुको निधन भइसकेको छ । २० औं शताब्दीको तुलनामा २१ औं शताब्दीमा कम बक्सरहरुको निधन भएको छ ।

बक्सिङका बारेमा अनेकन प्रश्नहरु उठेका छन् । बुधबार २७ वर्षीय प्याट्रिक डेको निधन भएपछि नयाँ बहस शुरु भएको छ ।
शनिबार राति सिकागोमा भएको बक्सिङ भिडन्तमा चाल्र्स कनवेलबाट नकआउट भएका डे को मस्तिष्कमा असर परेको थियो । उनी दशौं राउन्डमा ढलेका थिए । त्यसपछि अस्पताल लगिएको थियो ।

उनलाई नकआउट गर्ने बक्सर कनवेलले दुःख व्यक्त गरेका छन् । आफूले यस्तो होस् भन्ने नचाहेको बताएका छन् ।
पछिल्लो समय बक्सिङमा धेरै खेलाडीको मृत्यु भइरहेको छ । बक्सिङ झन् खतरनाक खेल बन्दैछ । यसलाई अझ बढी सुरक्षित बनाउनेबारे बहस नयाँ ढंगले उठेको छ । -एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्