Logo

नौ महिनामा चारपटक जंगल जान सक्ने धम्की



काठमाडौं,१ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नौ महिनामा चारपटक मुलुकमा ठूलो आन्दोलन हुने, आफू जंगल जान सक्ने र आन्दोलन गर्ने इच्छा रहेको अभिव्यक्ति दिएका छन्।

उनले गत माघदेखि अहिलेसम्म चारपटक मुलुकमा ठूलो आन्दोलन हुनसक्ने, आफूले त्यसको नेतृत्व गर्न सक्ने तथा जंगल जान अनुमति दिए जंगल नै जान सक्नेजस्ता अभिव्यक्ति दिएका हुन्। दलका कार्यक्रम वा अन्य कार्यक्रममा पनि उनले त्यस्ता अभिव्यक्ति दिएका छन्।

बिहीबार मात्रै गृहजिल्ला चितवन पुगेर उनले फेरि एकपटक आन्दोलन गर्ने इच्छा रहेको बताए। समाजवादको उद्देश्य प्राप्तिका लागि र नेकपालाई कम्युनिस्ट पार्टीजस्तो बनाउन आन्दोलन गर्ने इच्छा रहेको उनको भनाइ थियो। आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्