Logo

यसकारण गरिन्छ सन्तोषी माताको पूजा



काठमाडौं, १ कात्तिक । सन्तोषी मातालाई हिन्दु धर्ममा सन्तोष, सुख, वैभवकी माताको रुपमा पुजिन्छ । अन्य हरेक बार जस्तै शुक्रबारबारका दिन सन्तोषी माताको वर्त बस्ने र पूजा गर्ने चलन रहदै आएको पाइन्छ ।

धार्मिक मान्यता अनुसार माता सन्तोषी भगवान गणेशकी पुत्री हुन् । सन्तोषी माताले हामीलाई सन्तोष दिएर हाम्रो जीवनमा खुसी प्रवाह गर्छिन् ।

माता सन्तोषीको व्रत तथा पूजा गर्नाले धन, सन्तान, विवाह आदि भौतिक सुख शान्ति मिल्ने विश्वास गरिन्छ । यो व्रत शुक्ल पक्षको प्रथम शुक्रबारबाट आरम्भ गरिन्छ ।

खास गरेर महिलाहरु सन्तोषी माताको ब्रत बस्छन् । माताको ब्रत भौतिक सुख प्राप्तिको लागि बस्ने गरिन्छ । सन्तोषी माताको पूजापाठ व्रत बस्दा शोक, चिन्ता, आपतविपत आइपर्दैन र धन–सम्पत्ती प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ ।

सुख–सौभाग्यको कामना गर्दैं लगातार १६ शुक्रबार सन्तोषी माताको ब्रत बसेपछि सन्तोषीमाताको ब्रत पूरा हुन्छ । सन्तोषी मातालाई धनकी देवी लक्ष्मीको अवतारका रुपमा समेत लिइन्छ ।



प्रतिक्रिया दिनुहोस्