Logo

बँगलादेशका सीमा सुरक्षाफौजले गोली चलाउँदा भारतीय सुरक्षाकर्मी मारिए



सीमामा उत्पन्न घटना मिलाउने क्रममा बँगलादेशी सीमा सुरक्षाफौजले गोली चलाउँदा एक भारतीय सुरक्षाकर्मी मारिएका छन् । बिहिबार सीमा क्षेत्रमा माझीहरुको विषयमा विवाद भएपछि पदमा नदीमा कुराकानी गर्न गएका भारतीइ सुरक्षाकर्मिमाथि बँगलादेशी सुरक्षाकर्मीले गोली चलाएका थिए ।

तीन भारतीय माझीहरुलाई बँगलादेशी सुरक्षाफौजले नियन्त्रणमा लिएको विषयमा उत्पन्न विवाद समाधान गर्न बैठक डाकिएको थियो । त्यहीं विवाद भएपछि बँगलादेशी सुरक्षाकर्मीले गोली चलाएका थिए । घटनामा मारिनेमा उत्तर प्रदेशका ५१ वर्षीय सुरक्षाकर्मी विजय भान सिंह रहेको जनाइएको छ ।

घटनामा वरिष्ठ भारतीय सीमा सुरक्षा फौजका अधिकारी पुग्दा एकजना सुरक्षाकर्मी घाइते समेत थिए । घटनाबारे बँगलादेशको सीमा सुरक्षा बलले प्रतिरक्षाका लागि गोली चलाएको प्रतिक्रिया दिएको पीटिआइले जनाएको छ । यस घटनापछि भारतीय सुरक्षाकर्मी गम्भीर भएको जनाइएको छ ।

बँगलादेशी नियन्त्रणमा रहेका तीन जना माझीलाई पद्मा नदीबाट दुई जना माझीलाई फर्काउने क्रममा घटना भएको जनाइएको छ । त्यस क्रममा दुवै पक्षबीच भनाभनको अवस्था थियो । फर्कने क्रममा बँगलादेशी सुरक्षाकर्मीले एके ४७ हतियार चलाएका थिए । घटनामा घाइते राजवीर यादवले डुंगा भारतीय क्षेत्रमा ल्याएका थिए । उनी घाइते अवस्थामै डुंगा ल्याउन सफल भए । डुंगा डुब्नबाट जोगाएपनि सहकर्मी सिंह भने मारिए । एजेन्सी
Photo Source: Yahoo



प्रतिक्रिया दिनुहोस्