Logo

बहिरी चक्रपथको डिजाइन परिवर्तन हुने, डाँडा छेडेर फैदै फेद लाने तयारी



काठमाडौं, १ कात्तिक । बहिरी चक्रपथको डिजाइन परिवर्तन हुने भएको छ । डिजाइन परिवर्तन गरी अहिलेको भन्दा दूरी बढाएर काठमाडौं उपत्यकाको डाँडाको फेद र टनेल बनाएर कतिपय स्थानमा डाँडाभित्र पार्ने तयारी भएको छ ।

अहिलेको डिजाइन अनुसार गएमा वस्ती बढी हटाउनुपर्ने, क्षति बढी भई क्षतिपूर्ति तिर्नुपदा लागत बढ्ने हुँदा अझ बाहिर पारेर डिजाइन तयार गर्ने तयारी भइरहेको शहरी विकास मन्त्रालय स्रोतले जानकारी दएको छ । यसका लागि अहिले मूल्यांकन गरिएभन्दा बढी टनेल बनाउनुपर्ने हुनसक्छ ।

चिनियाँ कम्पनिलाई पुनमूल्यांकन तथा पुनरावलोकनको प्रतिवेदन पेश गर्ने जिम्मा दिइसकेको र उनीहरुले यसैलाई मध्यनजर गरी डिजाइन तयार गर्ने बुझिएको छ । लगानी बोर्डले चाइनजि कम्युनिकेशन कस्स्ट्रक्सन कम्पनिलाई पुनमूल्यांकन तथा पुनरावलोकनको प्रतिवेदन पेश गर्ने जिम्मा पाएर काम थालिसकेको छ ।
विगतमा गरिएको डिजाइनकै आधारमा अबको पुनरावलोकन र पुर्नमूल्यांकन हुनेछ । अब दूरी बढ्ने हुँदा लागत पनि निकै बढ्नेछ । महत्वाकांक्षी योजना बनिसक्दा काम अगाडि नबढेको र जग्गा रोक्का नराखेकाले अहिलेको डिजाइन अनुसार काम गर्न नसकिने निष्कर्षमा शहरी विकास मन्त्रालय पुगेको थियो ।

बाहिरी चक्रपथ निर्माणको घोषणा गरेको १५ वर्ष बितिसक्दा पनि काम थालनी भएन । ७२ किलोमिटर सडकमध्ये ५६ किलोमिटरको डिपीआर तयार भइसकेको थियो । चोभार देखि सतुंगलसम्म साँढे छ किलोमिटर सडकको ट्रयाक खोल्नका लागि जग्गा रोक्का गरिसकेको अवस्थामा रोकिएको थियो ।
अहिलेसम्म तयार भएको ७२ किलोमिटरमध्ये काठमाडौंमा ३५.८ किलोमिटर, ललितपुरमा १५.८० किलोमिटर र भक्तपुरमा २१.०५ किलोमिटर पर्छ । जसमा सडकको चौडाई ५० मिटर रहने जसमा साइकल लेन, ग्रीन बेल्ट, फुटपाथ तथा अपांगमैत्री पेटीको समेत व्यवस्था गर्ने योजना छ ।

सडकको दायाँ बायाँ २५० २५० मिटर जग्गा एकीकरणबाट व्यवस्थित शहर निर्माणको योजना गरिएको छ । चक्रपथ निर्माण गर्दा क्षतिपूर्ति नदिई ल्यान्ड पुलिङको योजना छ ।



प्रतिक्रिया दिनुहोस्