Logo

भरुवा बन्दुक सहित युवक नियन्त्रणमा



मकवानपुर, १ कार्तिक । भरुवा बन्दुक सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्ने कैलाश गाउँपालिका ५ थानेडाँडा बस्ने राम बहादुर मोक्तान रहेका छन् । उनलाई भरुवा बन्दुक एक थान सहित २८ असोजमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरीले मोक्तानको घर खानतलासी गर्ने क्रममा लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्