Logo

मोटरसाइकल चोरी गर्ने नियन्त्रणमा



धादिङ, १ कात्तिक । प्रहरीले मोटरसाइकल चोरी गरेको अभियोगमा एक जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्ने गोरखा गण्डकी गाउँपालिका ८ बस्ने तनँहु बन्दिपुर गाउँपालिका २ पार्चे घर भएका रोमन क्षेत्री भन्ने नारायण भण्डारी रहेका छन् ।

काठमाडौं महानगरपालिका २६ ठमेल भगवान बहालको सडकको पार्किङबाट बा.९० प ६९२१ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २८ असोजमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय गजुरी धादिङबाट खटिएको प्रहरीले उक्त मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न भण्डारीलाई नियन्त्रणमा लिएको हो । गत असोज ८ गते पार्किङबाट चोरी भएको उक्त मोटरसाइकल असोज २२ गते धादिङ बेनिघाट रोराङ गाउँपालिका ३ सलाङघाटस्थित पृथ्वी लोकमार्गमा नम्बरप्लेट समेत परिबर्तन गरी प्रदेश नम्बर ३(००२(००३ प १४८९ राखी सवारी दुर्घटना गराएको अवस्थामा फेला पारी पनयन्त्रणमा लिएको जनाएको छ ।

भण्डारीलाई चोरी भएको मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्