Logo

को-को माननीयहरु कसरी जादैंछन् जेल, मूख्यमन्त्री पनि पक्राउ पर्ने (भिडियोसहित)



काठमाडौं, १ कात्तिक । राजपा नेपालका महासचिव केशव झा र नेकपानिकट विद्यार्थी संगठनका नेता रञ्जित तामाङबीच घम्साघम्सी परेको छ । राजपा नेता झाले आफ्नो पार्टीका सांसद प्रमोद कुमार साह पक्राउ परेको घट्नाको निन्दा गरे । उनले आफ्नो माननीय विमानस्थलमा तोडफोडमा नउत्रिएको पनि दाबी गरे । बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता झाले भने,‘तोडफोड पनि खास भएको छैन् ।’ उनले जनकपुर विमानस्थलमा भएको तोडफोडको सम्पूर्ण दोष बुद्ध एयरको कर्मचारीको भएको पनि आरोप लगाए ।

झाले वर्तमान सरकार पुरै असफल भएको दाबी गरे । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पनि प्रतिशोध साँधेर बलात्कारको अभियोगमा फसाएको उनको आशय थियो । झाले महरालाई अदालतले न्याय दिने पनि विश्वास व्यक्त गरे । उनले भने,‘१ नम्बर प्रदेशको मुख्यमन्त्री शेरधन, एक वर्षदेखि त्यहाँ बलात्कार गर्यो, बालिकाको पार्टीमा लगातार निवेदन दर्ता छ । यो कुरा तपाईले नेकपाको पार्टी कार्यालयमा गएर निवेदन हेरे हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्