Logo

खुकुरी प्रहार गर्ने नियन्त्रणमा



गुल्मी, १ कात्तिक । प्रहरीले खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले धुर्कोट गाउँपालिका ३ हाड्हाडे बस्ने गोकर्ण खत्री र उनकै भाइ पदम खत्रीलाई ३० असोजमा नियन्त्रणमा लिएको हो ।

सोही गाउँपालिका २ पिपलधारा बस्ने निरन्जन महतलाई खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले नियन्त्रणमा लिएको हो ।
भलिबल खेल हेरी फर्कने क्रममा चोरी गरेको विषयमा उनीहरुले महतलाई खुकुरी प्रहार गरेको र घाइते महतको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्