Logo

आत्महत्या दुरुत्साहनका प्रतिवादी नियन्त्रणमा



कैलाली, १ कात्तिक । प्रहरीले आत्माहत्या दुरुत्साहन मुद्धाका फरार दुई प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । मुद्दाका फरार प्रतिवादी गौरीगंगा नगरपालिका ३ बस्ने अनिता देवी बिष्ट र निरुता बिष्टलाई ३० असोजको बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

मुद्दाको अनुसन्धानको सिलसिलामा वारदात पश्चात फरार रहेका उनीहरुको खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनीहरूलाई फेला पारी नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्