Logo

बिर्ला मन्दिरको अद्भुत कला



भारतको कोलकत्तामा बिर्ला मन्दिर अवस्थित छ । यो मन्दिर हिन्दुहरुको महत्वपूर्ण मन्दिर मध्ये एक हो । उद्योगपति बिर्ला परिवारद्वारा यो मन्दिरको निर्माण दक्षिणी कोलकत्ताको बल्लीगन्जमा भएको हो । सन् १९७० मा सुरु भएको यो मन्दिरको निर्माण कार्य करीब २६ वर्षपछि पुरा भएको थियो । यो मन्दिरको कला एकदम अद्भुत छ ।

मन्दिर निर्माणको निरीक्षण सोम्पुरासले गरेका थिए । यो मन्दिरको मुख्य द्वारमा कृष्ण र राधाका मूर्तिहरू स्थापित गरिएको छ । बाँया पक्षको मन्दिर शिखर (गुम्बज) मा शक्तिको देवी दुर्गा स्थापित छन् भने मन्दिरको दाहिने भागको गुम्बजको ध्यान मोडमा शिव छन् । कुल क्षेत्रफल ४४ कट्टा रहेको यो मन्दिर सेतो संगमरमरले बनेको छ ।

बिरला मन्दिरको भित्ताहरुमा भागवत गीताको संग्रहको चित्रण गरिएको छ । भव्य रूपमा बनेको यो मन्दिरको आर्किटेक्ट नोमी बोसद्वारा डिजाइन गरिएको हो । स्वामी चिदानन्दजी महाराजद्वारा २१ फेब्रुअरी, १९९६ मा यस मन्दिरको संचालन भएको थियो । भारतको हरेक राज्यमा बिर्ला परिवारद्वारा बिरला मन्दिरको स्थापित गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्