Logo

लागूऔषध सहित नियन्त्रणमा



काठमाडौं, १ कात्तिक । प्रहरीले विभिन्न किसिमका अवैध लागुऔषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका १३ बस्ने राम महर्जन र काठमाडौं सुन्धारास्थित मलाया होटलमा बस्दै आएका काठमाडौं जैसीदेवल घर भएका हृदय वलामीलाई ३० असोेजमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले महर्जनलाई नियन्त्रित लागूऔषध डाईजेपाम आठ एम्पुल, नोर्फिन आठ एम्पुल र फेनारगन आठ एम्पुल तथा वलामीलाई फेनारगन १ सय १६ एम्पुल, नोर्फिन १ सय १६ एम्पुल, डाईजेपाम १ सय १६ एम्पुल, नगद ४६ हजार रुपैयाँ, मोबाइल १ थान, आइप्याड एक थान, क्यामरा एक थान र घडी दुई थान सहित फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्