Logo

चितुवाको छाला, सालको खपेटा सहित युवक नियन्त्रणमा



काठमाडौं, १ कात्तिक । जंगली जनावर ध्वाँसे चितुवाको छाला र सालको खपेटा सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका ३२ कोटेश्वरबाट संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला एक थान र दुई किलो चार सय ग्राम तौल भएको सालकको खपेटा सहित सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी १३ घर भएका रोशन राना मगरलाई ३० असोजमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

उक्त स्थानमा वन्यजन्तु ध्वाँसे चितुवाको छाला र दुर्लभ वन्यजन्तु सालकको खपेटाको कारोबार हुँदैछ भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले राना मगरलाई बिक्री वितरण गर्ने उद्देश्यले बोकी हिँडेको उक्त छाला र खपेटा सहित फेला पारी नियन्त्रणमा लिएको हो ।

राना मगरलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको उक्त महाशाखाले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्