Logo

विप्लवले झुक्याए वार्ता हुँदैन-प्रधानमन्त्रीका प्रेस सल्लाकार अर्याल



काठमाडौ, १ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाकार डा. कुन्दन अर्यालले नेत्रविक्रम चन्द विप्लवसँग यथास्थितिमा वार्ता हुन नसक्ने बताएका छन् । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको विशेष कुराकानीः

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको प्रगतिको बाटो खुलेको हो ?
यसले नेपालको प्रमुखलाई अगाडि बढाउने पक्का छ ।
प्रधानमन्त्रीले विकासको साझेदारी मात्रै हो, सैन्य गतिविधि होइन भन्नुभएछ नि ?
चीनले गरेको राम्रा काममा मिलेर अगाडि बढ्ने कुरा हो । चीनजस्तो विकास देष्टिकोणले विश्व दोस्रो शक्तिसम्पन्न मुलुकसँग विकासमा साझेदार गर्न आगाश्यकता छ ।
विकासको लागि छिमेकी मुलुकसँग गठबन्धन गरेर अगाडि जान सकिन्छ ?
विकासलाई अगाडि बढाउने, आर्थिक रुपमा सम्पन्न हुने र गरीवीलाई हटाउने नै प्रमेख विषय हो । यी तीन कुरामा हामी तीनवटै छिमेकी मुलुकहरु एक भएर मिलेर अगाडि बढ्न सकिन्छ ।
चीनसँग तपाईंहरुले के कारणले रणनीतिक साझेदारी गर्न चाहनुभएको ?
चीन एउटा विकासलाई अगाडि बढाएको देश हो । यो संसारभर आर्थिक विकासमा उदाहरणीय बनेको छ । छिमेकमा रहेका यो देशबाट हामीले सिक्नुपर्ने धेरै कुरा छन् । संसारले सिक्ने प्रयास गरिरहेको छ भने हामी त झन् छिमेकी हौं ।
अहिलेको सरकारले देशमा जति विकास गर्न सक्थ्यो, त्यो सकेको जस्तो लाग्छ ?

यो सरकारले विकास पूर्वाधारहरु धेरै बनाएको छ । पहिलाको तुलनामा धेरै कुराहरु अगाडि बढेको छ । आगामी दिनमा अहिलेको तुलनामा अझ निकै अगाडि बढ्ने पक्का छ ।
प्रधानमन्त्रीले पत्रकारहरुलाई भन्नुभएको, ‘लेख्दा, बोल्दा तपाईं भन्ने शब्द प्रयोग गर्न’ के भन्नुहुन्छ ?
यसलाई कुन सन्दर्भमा कसरी भन्नुभयो भन्ने कुरा पहिले हेर्नुपर्छ । त्यसलाई ध्यान दियौं भने हामी कुरा बुझ्नतिर लाग्दछौं । उहाँले निश्चय पनि जसरी तपाईंले भन्नुभएको छ, त्यसरी भन्नुभएको होइन तपाईं भन्नुपर्छ भनेर । तर, समग्रमा नेपाली पत्रकारिताको स्तरउन्नति र विकासको कुरा गर्ने हो भने, यसको प्रस्तुति, कार्यशैलीको बारेमा समीक्षा गर्न सकिन्छ । मिडियाको प्रयोगकर्ता, प्रयोग गर्ने तौतरिकाको हिसावले त्यो अत्यन्त जायज छ ।
गन्नेमान्ने व्यक्तिहरुको बारेमा समाचार सम्प्रेषण गर्दा तपाईंंहरु शब्द प्रयोग गर्नुराम्रो भन्ने सुझाव प्रधानमन्त्रीबाट आयो हो ?
यतिबेला प्रधानमन्त्रीले एउटा विषय अगाडि सारिदिनुभएको छ । जसरी केही वर्षयता एउटा चलन चलेको छ । भाषागत हिसाबले हामीहरु तपाईं, तिमी भनेर लेख्छौं । यसलाई कतिपय भाषागत सुद्धताको बारेमा छलफल गर्नुहोस् भन्ने खालको उहाँको आसय हो । प्रधानमन्त्रीले जुन कुरा उठाउन खोज्नुभएको छ, त्यो यसअघि धेरैजना भाषाविद्हरुले उठाउँदै आएको कुरालाई नै अगाडि बढाउन खोज्नुभएको हो । यस विषयमा कुनै न कुनै हिसाबले छलफल भइराखेको थियो । तर, उहाँले बोलेपछि यसले बढी महत्व पाएको छ ।
कतिपयले त यो व्यक्तिगत तर्क हो, प्रधानमन्त्रीले त्यसो भन्दैमा हामीले त्यसरी लेख्नुपर्छ भन्ने छैन पनि भन्ने गरिएको छ नि ?
यसमा मिडियाको आफ्नो स्टाइलको कुरा होला । तर, मिडियाले पनि आमजनता जसले प्रयोग गर्दछन्, तिनीहरुको लागि लेख्ने हो । यसलाई प्रधानमन्त्रीले भनेको हुनाले नकारात्मक रुपमा लिए पनि हुन्छ । भाषिक शुद्धतामा समीक्षात्मक रुपमा भन्ने हो भने, उहाँ प्रधानमन्त्री मात्रै होइन, उहाँ व्यक्ति पनि हो । त्यो भाषा प्रयोगकर्ता पनि हो, उहाँ एउटा नेपाली पनि हो । त्यसकारण हाम्रो काम पनि हामीले कसरी गरिराखेका छौं भनेर समीक्षा गर्दा राम्रो हुन्छ ।
त्यसो भए अहिलेको अवस्थामा सबै तपाईंको भाषामा लेख्नुपर्छ भन्ने प्रधानमन्त्रीको चाहना हो ?
त्यसैगरी लेख्नुपर्छ भन्ने अनिवार्य त छैन । प्रधानमन्त्री स्वयं नै लोकतान्त्रिक अभ्यासमा लामो समय खारिएर आएको हुनाले कसैलाई पनि यसो गर, यसरी लेख भन्नुपनि हुन्न । तर, एउटा मिडियाको कुरा गर्दा नेपाली भाषामा विविध ढंगले प्रस्तुति गर्न सकिन्छ भने ती सबैलाई बिर्सिएर तिमी मात्रै भन्दा, लेख्दा र सुन्दा अलिकति नराम्रो, अशोभनीय देखिएको छ । त्यसमा पनि ध्यान दिनुपर्छ है भनेर ध्यानाकर्षण गराउनुभएको हो ।
पत्रपत्रिका वा सञ्चारमाध्यममा राष्ट्रपति, प्रधानमन्त्रीको समाचार सम्प्रेषण गर्दा तिमी भनेको शब्दत खासै देखिएको छैन त ?
अहिलेका मिडियालाई लेखिदिन र भन्दिन पाए पुग्छ । विषयवस्तु भित्र त्यतिधेरै ज्ञान र छलफल पनि हुँदैन । गुणात्मकभन्दा पनि संख्यात्मक हिसावले नेपाली पत्रकारिताको क्षितिज निकै फराकिलो भइसकेको अवस्थामा यसका विषयवस्तु, प्रस्तुतिका बारेमा हामीले जति बढी ध्यान दिन सक्छौं । नेपाली पत्रकारितामा सुद्धता ल्याउने हो भने यस्तो विषयमा धेरै छलफल गर्न सकिन्छ । पत्रकारितामा भाषागत सिष्टताको कुरा पनि हुन्छ । यसले मर्यादालाई सिकाउने कुरा पनि हुन सक्छ । पत्रकारिता भनेको आमनागरिकका लागि सुद्ध र सुरल ढंगले बोल्न, लेख्न, प्रस्तुति गर्न सिकाउने माध्यम पनि हो । अझ प्रिन्ट मिडियाबाट त नवसाक्षरहरु अझ बढी साक्षर हुँदै जान्छन् भनेर पनि हेरिन्छ ।
प्रधानमन्त्री, राष्ट्रपतिको समाचार आउँदा तपार्इंंको भाषामा आउनुपर्छ भन्ने आग्रह हो ?
यसरी आउनुपर्छ भन्ने आग्रहभन्दा पनि यो एउटा महत्वपूर्ण माध्यम हो । यसलाई प्रयोग गर्दा मर्यादित र शिष्ट भाषा र शैलीबाट पनि गर्न सकिन्छ । यसले भर्खरै लेख्न, बोल्न थालेको रहेछ भने कस्तो ढंगले सिक्ला भन्ने कोणबाट भनिएको हो । यस्तो ढंगले अगाडि बढ्दा हाम्रो भाषाको विकास र प्रस्तुतिमा कसरी विकास होला भन्ने चिन्ता हो । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । नकारात्मक ढंगले हजुर, बक्स्योस् भनेर लेख्नुहोस् भन्ने खोजेको होइन । नेपाली भाषालाई तँ, तिमी, तपाईं, हजुर धेरै ढंगले भन्न सकिन्छ । तर, हजुर भन्ने र तँ भन्ने शब्द पत्रकारिताको भाषामा प्रयोग गर्दैनौं । साहित्यहरु वा अन्य लेखनमा हुन्छन् । अझ गणतन्त्र आइसकेपछि हजुर, बक्सियोस् भन्ने त छँदैछैन । यो त आदरार्थी शब्द मात्रै भयो, यो बाहेक मिडियाका समाचारका स्रोत, प्रस्तुति, शुद्धाशुद्धीदेखि धेरै कुराहरुमा छलफल हुन सक्छ । यसलाई त हाम्रा, दर्शक, स्रोताहरुले पनि हामीलाई हेर्न थाले भनेर लिने हो मिडियाले ।
नेपाली सञ्चारकर्मीलाई प्रधानमन्त्रीको निर्देशन कि आग्रह त ?
यो आग्रह, निर्देशनभन्दा पनि पत्रिकारिताको विषयवस्तुको समीक्षा हो ।
प्रधानमन्त्री त पछिल्लो समय सञ्चारकर्मीसँग रिसाउनुभएको छ किन ?
प्रेस स्वतन्त्रताको लागि, आलोचनात्मक सोचको विकास गर्न लागिरहनुभएको छ । प्रेसका आलोचनात्मक कुराले कसरी रिसाउनुहुन्छ ? उहाँले एउटा विषय उठाउनुभएको हो । नेपाली भाषामा जसलाई पनि तिमी भन्ने हो त ? त्यस्तो त नेपाली भाषामा । जब पत्रकारिता समाजका विकृति, विसंगतिको विरुद्धको ऐना हुन्छ भने यो भाषा ठिक भयो त ? त्यस्तो मात्रै होइन भन्न खोज्नुभएको हो ।
नेपालमा त प्रेस स्वतन्त्रता छ नि ?
प्रेस स्वतन्त्रतासँगै यसको समाजप्रतिको दायित्व पनि त्यत्तिकै हुन्छ । प्रेसको जसरी स्वतन्त्रता त्यसैगरी आमजनताले पनि समीक्षा गर्न पाउँछन् ।
नेत्रविक्रम चन्दसँग वार्ता हुँदैन हो ?
वार्तालाई सैद्धान्तिक रुपमा अगाडि बढाएका छैनौं । वार्ता भनेको के हो त ? उनीहरुले हामी यो बाटो छोड्छौं भनेको आउने हो भने हुन्छ । यही बाटोमा अगाडि बढेर जाने हो र सरकारलाई झुक्याउने हो भने वार्ता हुँदैन ।
हिजो उनका २१ जना नेता कार्यकर्ता पक्राउ परे नि ?
सरकारबाट शान्तिसुरक्षा बहाल गर्ने काम निरन्तर अगाडि बढेको छ । सुरक्षा निकायहरु अगाडि बढेको छ । सरकारले उहाँहरुका गतिविधिलाई प्रतिवन्ध लगाएको छ । ती प्रतिबन्धित क्रियाकलापलाई अगाडि बढाइरहने हो भने पक्राउ परिहाल्छन् नि ।
सरकारले नेत्रविक्रम चन्दलाई पक्राउ गर्न खोजिरहेको छ हो ?
देशमा शान्तिसुरक्षाको प्रक्रिया अगाडि बढेको छ । त्यसको विरुद्धमा लाग्नेहरु को–को पक्राउ पर्छन्, त्यो कानुनी कुरा हो । जबसम्म उहाँहरु देशको संविधानअनुसार आफ्ना गतिविधिलाई परिवर्तन गर्नुहुन्न त्यतिबेलासम्म त सरकारको कारबाही अगाडि बढिरहन्छ । यसमा को–को पक्राउ पर्छन् भन्ने कुरा कसरी भन्न सकिन्छ ।
मध्येरातमा विप्लबको बैठक स्थलमै प्रहरीले छापामा¥यो नि ?
व्यवस्था र संविधान विरुद्ध जुन बेलामा गतिविधि हुन्छ त्यही बेलामा प्रक्राउ पर्दछन् ।
प्रधानमन्त्रीको विकासका योजनाहरु के के छन् ?
प्रधानमन्त्री विकासका कामलाई अगाडि बढाउन चाहनुहुन्छ । जुन ढंगले सरकार अगाडि बढेको त्यसलाई सुस्तता दिनका लागि उहाँ तल्लीन हुनुहुन्छ । काम गर्ने दिशा ठीक त्यसको गति बढाउनुपर्छ भन्नेमा उहाँ लाग्नुभएको छ ।
तर, प्रचण्डले त असन्तुष्टि व्यक्त गर्नुभएको छ नि ?
उहाँले भनेको मैले ठ्याक्कै सुन्न पाएको छैन ।
डा. बाबुराम भट्टराईले त समाजवादी पार्टीले सरकार छोड्नुपर्छ भन्नेभयो नि ?
उहाँका विचार त धेरै आइरहेको हुन्छ । मैले त्यस्तो सुनेको छैन । उहाँको पार्टी र काम, गतिविधि सानो तर बोली धेरै भइरहेको हुन्छ । ठूलो उद्देश्यले अगाडि बढेको सरकारले उहाँका टुइटर र फेसबुकका कुरामा ध्यान दिन थाल्यो भने अलमलिन्छ ।
ललितानिवास जग्गा प्रकणकरण अभैm दुई महिना म्याद थप भएर पछाडि सारिएको छ नि किन ?
यो ठीक दिशामा अनुसन्धान अगाडि बढिरहेको छ, मैले अहिले त्यत्तिनै भन्न सक्छु ।
मन्त्रिमण्डल पुनर्गठनमा प्रधानमन्त्रीको ध्यान केन्द्रित हुनथालेको हो ?
समय आएपछि पुनर्गठन हुन्छ भन्नुबाहेक म अरु भन्न सक्दिँन ।
त्यो समय कहिले आउँछ ?
यसको कुनै मिति, तिथि तोकेर हुने कुरा होइन । त्यो बारेमा प्रधानमन्त्रीले छलफल गरेर तयारी गर्नुभएको होला ।

File Photo



प्रतिक्रिया दिनुहोस्