Logo

युरोपियन युनीयन जाति, वर्ण र क्षेत्रको द्धन्द्ध चर्काउन लागे- चित्रबहादुर केसी



काठमाडौं, १ कात्तिक राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी खरो बोल्छन् । राजनीतिक अडान लिएर अगाडि बढ्ने स्वभावका उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः
अहिले देशको राजनीतिक कता जाँदैछ ?
अब हामी सबै मिलेर राम्रो दिशातिर लानुपर्छ ।
सबै राजनीतिक पार्टीका नेताहरु झगडा मात्रै गरिरहेका छन् कसरी हुन्छ ?
सबै नेपाली नेताहरुलाई व्यक्तिगत स्वार्थले ताकेको छ । राष्ट्र र जनतालाई सिरोपर राखे नेताहरुले भने राष्ट्र अगाडि बढ्छ । व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर देश र जनताको हितमा काम गर्नुपर्छ नेपाली नेताले ।
प्रचण्डले त हाम्रै कारणले देशमा प्रतिक्रान्तिको खतरा बढ्यो भन्नुभयो नि ?
त्यो कुरा ठिकै भने उनले ।
प्रतिक्रान्तितिर जाने सम्भावना छ र ?
गयो भने यिनीहरुकै कारणले जान्छ । प्रतिक्रान्तितिर लान त अब धेरै देशीविदेशी शक्तिहरु लागिरहेका छन् । नेपाललाई चाहिँदै नचाहिएको संघीय प्रणालीमा लगेर फसाएका छन् । एउटा नेपाल पाल्ननसक्ने नेपालीलाई सातवटा बनाइदिएका छन् । हिमाल, पहाड र तराईकाबीचमा जाती र वर्णको आधारमा द्वन्द्व बढाएका छन् । यसलाई बढाउन युरोपीयन युनियनहरु लागिरहेका छन् । आपूmलाई बुद्धिजीवी भन्नेहरु जातीय कुरा गरेर हिंडेका छन् । त्यसकारण नेपाली जनतामा असन्तुष्टि छ, सुशासन छैन । दुईतिहाई बहुमतको सरकारले जनताले चाहेअनुसारको काम गर्न सकेको छैन । मुलुकमा भ्रष्टाचार मौलाएको छ । साना भ्रष्टाचारहरुलाई फाट्टफुट्ट कारबाही गरेको देखिन्छ । ठूलो भ्रष्टाचारीहरु ढुक्क भएर राजनीति पार्टीका आडमा बाँचेर हिंडिरहेका छन् । त्यसकारण यो विकृति, विसंगतिलाई दृढतापूर्वक हटाउँनुपर्छ ।
सर्वोच्च अदालतले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने नगर्ने अधिकार सरकारको हो भनेको छ नि ?
त्यो सरकारकै हो ।
राजपाका नेताहरुले त अदालतको निर्णय गलत हो भनेका छन् ?
होइन, राजपाका नेताहरुले के भन्छन्, के भन्दैनन् नेपाली जनताले बुझिसकेका छन् । उनीहरु कहाँ सञ्चालित छन् भनेर । उनीहरुले संघीयताको वढी ओकालत किन गछन्, त्यो किन चाहिएको हो ? हिमालको यर्सागुम्भा, पहाडका जडीबूटी किन नचाहिएको हो ? तराई मात्रै किन चाहिएको छ । राजनीतिमा र सम्म बुझ्ने जनताले थाहा पाइसकेका छन् । राजपाका नीति, कार्यक्रम, सिद्धान्त र नियतका बारेमा सबै थाहा भइसकेको छ ।
उनीहरु त सडकमा जान पनि वाध्य हुनेछौं भनेका छन् नि ?
उनीहरु त जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउने कुरा पनि सफल भएका छन् नि । संविधानमा भूगोल र जनसंख्यालाई आधारमा निर्वाचन क्षेत्र बनाउनुपर्छ भन्ने छ । त्यसलाई तिलाञ्जली दिएर जनसंख्याको आधार निर्वाचन क्षेत्र तोक्न प्रचण्ड र ओलीहरु पनि सामेल भए । राष्ट्रिय जनमोर्चाले भूगोल र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोक्नुपर्छ भन्दा संसद्मा राष्ट्रिय जनमोर्चामाथि पुरै खनिएका थिए । त्यसबेला हामीलाई कस्तो कोपर्लाजस्तो गरेका थिए । हिमाल, पहाड र तराई अलग गराउन खोज्नेहरुले चित्रबहादुरमाथि कस्तो आक्रमण गरेकाथिए, कस्तो धम्की दिएका थिए त्यतिबेला ? त्यसकारण त्यो आयोगको निपोर्ट सार्वजनिक गर्ने नगर्ने सरकारको काम हो । तर, राजपाले बोकेका, उद्देश्य, गर्नखोजेको षड्यन्त्र, त्यसलाई बोकेर हिंडेका मान्छेहरु सबै नेपाली जनतालाई थाहा छ ।



प्रतिक्रिया दिनुहोस्