Logo

पेरिस चिडियाखानामा अनौठो जीव



पेरिस चिडियाखानामा अनौठो प्रकारको जीव फेला परेको छ । यो जीव आफैमा एक अद्भुत रहेको जनाइएको छ । आफ्नो शरीरमा केहि असामान्य गतिविधि हुँदा आफै निको पर्ने क्षमता राख्ने यो जीवको ७२० ओटा लिंग समेत रहेको छ । चहकिलो पहेंलो रंग भएको यो जीवले १ घण्टामा करिब ४ सेन्टी मिटरको दुरी तय गर्छ ।

अद्भुत क्षमता भएको यो जीवको बुद्धि भने नभएको जनाइएको छ । यो जीवको शरीरलाई दुई भाग गर्दा पनि आफै निको पार्छ । यो अनौठो खालको जीवको नाम खिसी रहेको छ । यस जीवको दुर्लभ क्षमताका कारण पेरिस जूलोजिकल पार्कमा प्रदर्शनी समेत गरिएको थियो । आधिकारिक रूपमा फिजेरम पोलीसेफल्म भनेर यस जीवलाई चिनिन्छ । यसको भाले वा पोथी नभएर करिब ७२० ओटा लिङ्ग भएको कारण यसलाई बोटबिरुवा, जनावर र ढुसी केहिमा समावेश गर्न नमिलेको जनाइएको छ ।

यो जीवले वातावरण परिवर्तनमा धेरै ठुलो भूमिका खेल्ने जनाइएको छ । बबूलका रूखहरू, ओकको बोक्रा र चेस्टनट बार्क यो जीवको मनपर्ने स्थानहरू हुन् । सामान्यतया यो जीवलाई युरोपी जङ्गलको भुईहरुमा भेटिन्छ । यो जीव १९ र २५ डिग्री सेल्सियस बीचको तापक्रममा फस्टाउँछ । जूलोगिकल पार्कको प्रेसका अनुसार उक्त जीव लगभग अमर हुने समेत जनाइएको छ । प्रकाश र खडेरीहरुलाई यसको शत्रु मानिन्छ ।

हेर्नुहोस् भिडियोः

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot