Logo

रक्सीको कर काण्डमा मुछिएका न्यायाधीश पदमुक्त हुने



काठमाडौं, १ कात्तिक । रक्सीको करसम्बन्धी मुद्दाको सुनुवाईमा विवादमा मुछिएका एकजना न्यायाधीश पदमुक्त हुने भएका छन् । न्यायपरिषदले उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाहीलाई पदमुक्त गर्न सिफारिश गरेको छ ।

गोर्खा ब्रुअरीको करसम्बन्धी मुद्दामा शाहीसहित तीनजना न्यायाधीशमाथि क्षेत्राधिकार मिचेर सुनुवाई गरेको आरोप लागेको थियो । सोहीकाण्डमा मुछिएका न्यायाधीशहरु रामचन्द्र यादव र जीवनहरि अधिकारीले पदबार राजीनामा दिइसकेका छन् । उनीहरुमाथि छानविन गर्न समिति गठन भएपछि तत्काल राजीनामा दिएका थिए ।

राजीनामा दिन नमानेका शाहीलाई पदमुक्त गर्न न्यायपरिषदले सिफारिश गरेको छ । उनीहरुमाथि पदअनुूकलको आचरण नदेखाएको आरोप छ ।

आन्तरिक राजस्व कार्यालय भरतपुरले सर्वोच्च अदालतमा दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलाशले तीनजना न्यायाधीशमाथि छानविन गर्न आदेश दिएको थिाये । सर्वोच्चकी न्यायाधीश सपना मल्ला प्रधानको छानविन समिति गठन भई स्पष्टिकरण सोधिएकोमा चित्त नबुझेपछि उनलाई पदमुक्त गर्न सिफारिश गरिएको हो । अब उनी न्यायपरिषदको सिफारिशमा पदमुक्त हुने सिफारिश भएपछि प्रधानन्यायधीले बर्खास्त गर्ने व्यवस्था छ ।

File Photo



प्रतिक्रिया दिनुहोस्